निषेधाज्ञा तोडौं ! किटको व्यापार, PCR को भ्रम र कोरोना त्रास ध्वस्त गरौं !
वसन्त बाेगटी
एक सामान्य स्वास्थ्य समस्या बाहेक कोरोना एक मिथ्या महामारी र किट/पिसिआर पुँजिवादको व्यापार हो ।
निरन्तर संकटमा डुब्दै गैइरहेको आजको साम्राज्यवाद आफ्नो सम्पुर्ण शक्ति जोड लगाएर पुनः एक पटक लुटको साम्राज्य जोगाउन चाहन्छ ।
आजको सन्दर्भमा साम्राज्यवादको निम्ति कोरोना एक हतियार बनेको छ । यो हतियार संसारले भोगेका दुई विश्वयुद्ध भन्दा अधिक शक्तिशाली छ । यहि हतियार मार्फत उ विश्वका उत्पीडित जनतालाई अधिक गरीबी, अभाव र भोकमरी तर्फ धकेल्न र निल्न चाहन्छ ।
WHO ले सन १९४८ देखि संयुक्त राष्ट्रसंघको अन्तरगत रहेर मुख्यतः जन स्वास्थ्यको क्षेत्रबाट औषधि विज्ञानको दुरुपयोग गरि उत्पीडित देश र जनताको विरुद्धमा षड्यन्त्र र शोषणको राजनीति गर्दै आएको प्रष्ट छ । यसले विश्वका उत्पीडित राष्ट्र र जनताको स्वास्थ्यमा निरन्तर खेलबाड गर्दै आएको छ ।
यो मुख्यतः साम्राज्यवादीहरुको एक गठबन्धन हो । अमेरिका, बेलायत, फ्रान्स, जर्मनि, स्पेन, युक्रेन र स्विटजरल्यान्ड सहितका देशका सचेत/प्रगतिशील जनताले कोरोनालाई चुनौती सहितको बहिष्कार गरेका छन भने बेलारुस सहित विश्वका ३ दर्जन बढि देशहरू लकडाउनको विपक्षमा छन ।
नेपालमा पनि प्रतिक्रियावादी शासक वर्गले पहिलो चरणमा जारी गरेको लकडाउनलाई नेपाली जनताले सामान्यतः उल्लंघन मात्रै होईन शानदार रुपमा खारेज गरि दिएका हुन । श्रावणको ६ गते सम्म पुग्दा शासक वर्ग लकडाउन अन्त्यको घोषणा गर्न बाध्य भयो जुन जनताले पहिल्यै लकडाउन तोडि सके पछि को अवस्था थियो ।
आफ्नो पहिलो प्रयास असफल भएपछि प्रतिक्रियावादी शासक वर्गले निषेधाज्ञाको नयाँ नाटक शुरु गरेको छ । जनताले सचेत खबरदारी नगर्ने हो भने यो शृङ्खला अझै अघि जाने देखिन्छ । कोरोनाले मुख्यतः विश्वको अर्थतन्त्रमा नयाँ हलचल पैदा गराएको मात्रै छैन अपितु यो खास उथलपुथलको स्थिति सम्म पुग्ने सम्भावना छ ।
डिसेम्बर देखि यताको ८ महिनामा विश्वका सर्वाधिक धनि व्यक्ति Jeff Bezos को सम्पत्तिमा ८९ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ । हाल उनको सम्पत्ति २ खर्ब ४ अर्ब अमेरिकी डलर रहेको छ । यो विश्वका सर्वाधिक दोस्रा धनि विल गेट्सको भन्दा ८८ अर्ब डलर धेरै हो । अर्को तिर पछिल्लो ८ महिनामा मात्रै २५ करोड बढि मजदुरहरुले आफ्नो पुर्ण रोजगारी गुमाएका छन भने अमेरिका मात्रै ४ करोड बढि मजदुरको रोजगारी गुमेको छ ।
नेपालको सन्दर्भमा पनि यहि भएको छ । दलाल पुँजिपति वर्ग अहिले लुटको साम्राज्य खडा गरेर मस्ति गरिरहेको छ । नेपालको प्रतिक्रियावादी शासक वर्गको यसमा सम्पुर्ण समर्थन रहेको छ । अर्कोतिर मध्यम वर्ग देखि राष्ट्रिय पुँजिपति वर्ग अहिले निरन्तर चुनौती र संकटको सामना गर्दैछ । मजदुर वर्ग इतिहास को एक विशिष्ट र भीषण कठिनाईको परन्तु जित्नै पर्ने लडाइँमा छ ।
यो तथ्यांकले पुँजिपति वर्ग कै बिचमा पनि, सामन्त/दलाल पुँजिपतिहरुको बिचमा पनि एउटा विशिष्ट र अलि बेग्लै प्रकारको संकट छ भन्ने प्रष्ट गरेको छ भने श्रम र पुँजि बिचको अन्तरविरोध अन्ततः श्रमिक वर्ग र पुँजिपति वर्ग बिचको अन्तरविरोधको रुपमा टकराउन पुगेको छ ।
र अन्ततः यो विस्तारै नयाँ ध्रुवीकरण र सम्भावना तर्फ अग्रसर देखिन्छ । अहिले विश्वमा कोरोनाको कारणले भएको मृत्यु भनेर जति पनि प्रचार गरिएको छ मात्रै किट र पिसिआर परिक्षणको प्रचार बाहेक यसलाई आजको medical science ले पुष्टि गरि सकेको छैन ।
यसको आविस्कार गर्ने Kary Mullis ले अघि सारेको तर्कले पनि अहिलेको प्रचारको खण्डन गरेको छ । अहिले राज्यले कोरोनाको त्रासमा जनतालाई बन्धक गरि निरन्तर मृत्युको जुन डरलाग्दो व्याख्या गरेको छ, यहि हतियारको प्रयोग गरि लूट, आतंक र भ्रष्टाचारको राजनीति गरेको छ, जन आवाज र अधिकार माथि घोषित/अघोषित प्रतिबन्ध गर्दै राष्ट्रघात, जनघात र फाँसिवादको अभ्यास गरेको छ यो शासकीय अक्षमता मात्रै होइन एक अक्षम्य अपराध पनि हो जनताले प्रतिक्रियावादी शासक वर्गलाई यो अपराध गरे वापत उचित दण्डको प्रवन्ध गर्नु पर्छ ।
हाम्रो इतिहास भनेको ब्ल्याक डेथ र एल्लो फिभर जस्ता रोगहरुको महासंकटलाई पराजित गर्दै निर्माण भएको गौरवशालि इतिहास हो । कोरोनाले यो इतिहासलाई ढाल्न त निकै परको विषय हो सामान्य हल्लाउन समेत सक्दैन । यो भ्रमबाट मुक्त बनौं ! निषेधाज्ञा तोडौं !
नयाँ विश्व व्यवस्था अर्थात वैज्ञानिक समाजवादको स्थापनाको दिशामा अघि बढौं !! हामीले नै जितेका हौं, हामीले जितेका छौं र हामी निरन्तर जित्नेछौं ! यो लडाइँ पनि हामीले जित्नु पर्छ ।

























