citizens life insurance long ad
stcnepal long ad

नेपाली महिला र महान चाड हरितालिका तीज

Nimb long ad
Prabhu Insurance Long Ad
कृष्ण कुमारी खतिवडा
आधा आकाश ओगटेको महिलालाई धर्तीको संज्ञा दिनु सायद अनुपयुक्त नहोला। नेपाली समाजमा आज पनि महिला प्रति सोच सङ्कुचित रहेको पाइन्छ ।
छोरी भएर जन्मिने बित्तिकै कतिपय समुदायमा आज पनि आमा र बच्चा दुवै घृणा र अपमानको सिकार भएको पाइन्छ । मानव स्वरूप लिएर पृथ्वीमा आउन नपाउँदैबाट उसका लागि विभिन्न मूल्य मान्यता, परम्परा, आचार संहिता र सीमाहरू तय गरिएका हुन्छन् ।
विगतमा महिलालाई सजाउने वस्तु र पुरुषका आकाङ्क्षा पुरा गर्ने माध्यमका रूपमा लिने गरेको हाम्रो नेपाली समाज आज पनि त्यो सोचभन्दा धेरै माथि उठ्न सकेको पाईदैन । ठुला ठुला महत्त्वाकाङ्क्षी नियम कानुनहरू ल्याईएतापनि तिनको कार्यान्वयन कुहिरोको काग जस्तै बन्न पुगेको छ ।
सहरी क्षेत्रमा केही सुधार जस्तो देखिएता पनि भित्री व्यावहारिक पाटो भने निकै भिन्न पाइन्छ । महिला दिदीबहिनी तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् ।
यसले महिलाहरूलाई सशक्त बनाउँछ । यी कुराहरू तीजको सकारात्मक पक्ष हो । तर ऋषिपञ्चमीको दिन प्राकृतिक रूपमा हुने रजस्वलालाई पापको संज्ञा दिई धोई पखाली गरी पूजा आजा गरेर चोख्याउनु कत्तिको न्यायसम्मत छ । यो विषयमा भने सम्पूर्ण महिला आमा दिदिवहिनीले ध्यान दिनै पर्ने हुन्छ ।
आज हामीले पर्व र चाडको नाममा गरेको कर्मले भोलिको हाम्रो पुस्तामा कस्तो सन्देश जाला र हिजोदेखि हामीले आफूलाई हेपाएर, पिडा दिएर, आफ्नो स्वाभिमानलाई झुकाएर आमा बन्न सक्ने क्षमताको विकासका क्रममा हुन सक्ने क्रियाकलापलाई पाप भनेर आफ्नो विरुद्धमा लाग्नेहरूलाई ठाउँ दिनु कत्तिको उपयुक्त हुन्छ होला ?
ऋषि पञ्चमी शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन् ।
तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ ।
३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वास छ । वास्तवमा भन्ने हो भने तीज आफैँमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफुल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ ।
नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रङ्गमा सजिनु तीज पर्वको रङ्ग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दीर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ ।
IME Life
kumari