भारत र नेपाल सम्बन्ध
–डा.ठाकुर माेहन श्रेष्ठ
म जस्ता पूर्व सुरक्षा राष्ट्रसेवक कर्मचारीकाे अनुरोध कसैको इशारामा र चालमा राखेको होईन । भारत र नेपाल तथा दुवै देशको नागरिकहरूको साझा हकहितका संवेदन विषय हुन् ।
नेपालको माटो सुहाउदो राजनीति र शासकीय ब्यबस्था नहुनु र पश्चिमा शक्तिको घुसपैठ र अन्य शक्तिले नेपालमा मौका पाउनुले समेत आजको अस्थिर अवस्था आएको हो ।
प्राचिन सम्बन्ध र इतिहासमा अर्को पक्ष नआओस् । राजनीतिको पीडा देश र नागरिकले नपाओस् । तलका बुँदामा ध्यान पुगोस ।
१. कृपया दुई देश र नागरिकहरू बीच कुनै अपमान र अभद्र ब्यबहार गर्ने गराउने काम बन्द गरौ । जातिय र धर्म दंगा/युद्वकाे कसैका सुनुयाेजित षडयन्त्र नेपाल र भारतकाे हितमा कदापी हुने छैन।
२. कुनै ब्यक्ति विशेषका कुरा मतले सदियौको सम्बन्धमा घात नपुगाेस ।
३. ईतिहास, संस्कृति र अभिलेखका आधारमा एकिन हुनु पर्ने बिषय बस्तुका बारे समेत दुबै देशका आधिकारिक विज्ञहरुको समितिबाट अध्यन मनन गरि सोही बमोजिम हुनु औचित्यपूर्ण हुने छ ।
अशाेभनीय र अमानविय गतिविधि तुरुन्त बन्द होस । कुनै पनि खति क्षतिका जिम्मेवारी र उत्तदायी भारत सरकार र नेपाल सरकार हुनु पर्ने छ ।
४. दुवै देशको सार्वभाैमसत्ताको कदर सम्मान दुवै तर्फबाट संवेदनशील ढंगबाट होस ।
५. भारत जनसंख्या र जमिनी नाप जाँच , प्रबिधिमा ठुलाे छ। बिगतमा ईन्दिरा कांगेसका पालामा कथित माओवादी जनयुद्वका नेता फाैज भारतकाे सहर जंगलमा सुरक्षित रहेको छरपस्ट छन।
साथै भारत सरकारले आतङ्ककारी घोषित गरेको नेपालमा १७ हजार भन्दा बढी नेपालीहरु मारिएको दुःखद अनुभूति इतिहासमा खुलस्त छन ।
भारतीय दाजुभाइ दिदी बहीनीहरुले अब पनि नबुझे नेपाल र नेपाली माथि अन्याय हुनेछ । स्मरण रहोस् भारत झारखण्ड लगायतका सहर गाउँमा माअाेवादी गतिबिधि आतंकारीका रुपमा सरकारले कारबाही गरी रहेकाे छ । नेपालमा बुलेट टु ब्यालेट, ब्यालेट टू प्यालेस भयो ।
६. विश्वको एक मात्र सनातन हिन्दू अधिराज्य नेपाललाई रातारात धर्मनिपेक्ष बनाई राजसंस्थाको बहिर्गमन गराइयो र बिना अध्यन पश्चिमाका रणनीतिमा संघियता लादियो ।
७. प्रधानमन्त्री नरेन्द्र मोदीजी जस्तो नेताको पालामा समेत धर्म भूमि नेपालको पहिचान, सनातन संस्कृतिमाथि भए गरेका विगतका खराब नीतिको निरन्तरताले आम नेपाली नागरिकहरुमा आश्चर्य र निराशा छाएको छ ।
अतः असल छिमेकी तथा विश्वको २ अर्ब हिन्दु ॐकार, बुद्ध संस्कृतिका आस्था र विश्वासका केन्द्र नेपालको सनातन पहिचान समेतको हकहितका लागि यथासम्भब समन्वय, सदभाव सहित पहलु कदमको प्रयास नहुनु भनेको पूर्वी सनातन संस्कृति र पम्पराहरू विरुद्धको काम वा पाप हो भन्ने अनुभूति भएका छन् ।
तत्कालै नतिजाउन्मुख पहल र समन्वय हुनु आजको माग हो जुन स्वतंत्र नेपाल र भारतको तथा दुवै देशका नागरिकको बहुपक्षीय हितका विषय हुन ।
भारत सरकारलाई मौका पनि हो विगतमा केही भारतीय नेता का पालमा भएका कमी कमजोरी तथा केही नेपाली नेता बिक्री भएर नेपालको पहिचान मासिन भएका हर्कत, क्षति तथा नेपालीको दुखेको मन खुसी पर्ने अवसर पनि हो आजको अवस्था ।





























