आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ३२ पैसा र बिक्री दर ११९ रुपैयाँ ९२ पैसा रहेको छ ।
युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ भने पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०५ पैसा रहेको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०६ पैसा र बिक्री दर २८ रुपैयाँ २० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९३ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।





























