stcnepal long ad
national life

उथलपुथलको गलत राजनीति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

महेन्द्र बहादुर सिंह

यदाकदा राजनीतिमा उत्पन्न हुने उथलपुथलको परिणाम सकारात्मक नै हुनेछ भनी ठोकुवा गर्न कठिन हुन्छ।

निर्णय बिन्दुमा पुग्न सकस झेलिरहेको सत्तासीन दल भित्रको खिचाखिच,भारतको डिज़ाइनमा सरकार ढाल्ने कसरतमा लागि परेको परस्पर आरोप,जनताले पाँच वर्ष प्रतिपक्षमा रहन आदेश दिएको नेपाली कॉंग्रेसको विज्ञप्ति,भूमि अतिक्रमणकारी भारतले वार्ताको लागि नेपालको प्रयत्नलाई लत्याई रहेको,भारतीय टेलिभिजनहरूले नेपाल नेपाली र सरकार प्रमुख विरूद्ध नाङ्गो आरोप लगाइ रहेको,भारतीय दूरदर्शन बाहेक अन्य न्यूज़ च्यानल प्रसारण नेपालमा बन्द गरिएको, भारतीय राजदूत, नेता, सैनिक विशेषज्ञ र रअ को उच्च पदस्थ ख़ुफ़ियाहरूको भूमिगत सक्रियता,चीनियाँ राजदूतको खुलस्त भेटघाट आदि इत्यादिको कारण नेपाली राजनीतिक आकाशमा उथलपुथलको बादल मडारिंदो छ।

सत्तासीन दलमा चलिरहेको राजनीतिक मन्थनबाट अमृत,विष वा विषयुक्त अमृत के निस्किने हो ठ्याक्क अडकल लगाउन सकिने अवस्था छैन्।

मुलुकको राजनीतिमा एकताका “ बेइजिङमा पानी पर्दा काठमाण्डूमा छाता ओढ्ने र दिल्लीमा प्रचण्ड घाम लाग्दा नेपालां छाता ओढ्ने ”राजनीतिक लान्छनाको अवस्था थियो ।

त्यो अवस्था समाप्त भइसकेको त छैन् नै तर स्वरूप मात्र परिवर्तन भाको छ। चीनियाँ संगको हकमा डिजिटल कन्फ्रेन्स,प्रशिक्षण,खुला भेटघाट,चियापान र भारतको हकमा सुरुङ मार्गबाट शकुनि शैलीमा शतरंजको चाल चल्न सक्रिय रहेको अवस्था छ।

वि.सं.२००७ को परिवर्तन पश्चात राजदरवार, सिंहदरवार,सैनिक अड्डा सबै क्षेत्रमा प्रत्यक्ष उपस्थित र सक्रिय रहेको भारतको संलग्नतालाई क्रमशःखुम्च्याइदै लगिएको र इतिहासमा पहिलो पटक आफ्नै करतुतले भारत सर्वाङ्ग नाङ्गिएको वर्तमानमा आपसी सम्बन्ध कॉंडैकॉंडाको पहाड जस्तो छ।

महेन्द्र कालमा छिमेकी चीन र भारतसंगको सम्बन्ध सम-दुरी ( Equi-Distance ) को रहने नीति अवलम्बन गरिएको भारतलाई ज्ञात छ तापनि नेपाल माथीको आफ्नो हैकम र प्रभावलाई यथावत कायम गर्न साम दाम दण्ड भेदको नीति प्रयोग गर्दा पनि चाहे जस्तो परिणाम प्राप्त भएन् ।

त्रिभुवन कालमा नेपालसंगको विशेष सम्बन्ध र तत्पश्चात् पनि लामो समय सम्मको एकलौती प्रभाव र दबदबाउको ह्याङओभरले गर्दा भारत आज रन्थनिएको छ।

भारतीय अतिक्रमण को विरोध गर्दै मुलुकको अधावधी नक्सा निशान छापमा राख्न संसदमा प्रस्तुत संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरि सम्पूर्ण दलहरूले प्रदर्शन गरेको ऐतिहासिक ऐक्यवद्धताबाट भारत अत्तालिएर बहुलाएको छ।

चीनियाँ राजदूतको खुला एवं निर्धक्क भेटधाट र चियापानलाई भारतले आकाश खस्न थाले को ठानि राख्या छ। चीन विरुध्दको आफ्नो ईर्ष्या,डाहाको आगो हामी माथी ओकल्दै छ।

यही त हो नि कागजी बाघ भन्या। ढोलक जतिसुकै ठुलो आकार र चर्को आवाज़को भएपनि भित्र खोक्रो हुन्छ नि त। पाँच वर्ष प्रतिपक्षमा रहन जनादेश पाएको उल्लेखित नेपाली कॉंग्रेसको विज्ञप्ति प्रशंसनीय त छ तर पूर्ण छैन्।

जनताले सरकार गठन गर्न,प्रमुख प्रतिपक्ष र विपक्षमा रहन आदेश दिएको भन्नु तर्क संगत छैन्। जनताले निर्वाचित गरि संसदमा पठाउनु भनेको सरकार चलाउन दिएको योग्यता को प्रमाण पत्र हो।तसर्थ मौकामा चौका हान्न होईन् देश र जनताको लागि आवश्यक परेको वखत सरकार चलाउनु,सरकारमा सामेल हुनु,सरकार लाई पूर्णता दिनु र देश लाई राजनीतिक दुर्घटना बाट जोगाउनु निर्वाचित दलहरूको दायित्व हो।

छिमेकीहरू प्रति हामी सदैव उदार,सहिष्णु र सहयोगी रहदै आएका छौ। कठोरता,धोकेबाजी र बदनियत हाम्रो शब्दकोषमै छैन्। हामी माथी दबाब दिदा ,अनर्गल आरोप लगाउदा पनि हामीहरू कठोरता प्रदर्शन गर्दैनौ। भारत हामीहरू लाई लाछी,लाचार,कमजोर र नालायक ठान्दछन्।

उदार र सहिष्णुको बाँध तोडिएको छ। विश्वमा सबै भन्दा ठुलो लोकतांत्रिक देश भन्दै गलफती गर्ने भारत प्रेस स्वतन्त्रताको नाममा नेपाल,नेपाली र सरकार प्रमुखलाई छिमेकी चीन र चीनियाँ राजदूत संग जोड्दै विधुतिय संचार क्षेत्रमा अश्लील ढंगमा अराजकताको ताण्डव मच्चाइ रहेको छ। त्यसैले डिजिटल केवल सेवा प्रदायकहरूबाट स्वतस्फूर्त भारतीय दूरदर्शन बाहेक अन्य न्यूज़ च्यानल प्रसारण नेपालमा बन्द गरिएको स्वाभिमानी कदमको टिप्पणी होईन् मुक्त कण्ठ ले समर्थन र प्रशंसा गर्नु पर्दछ।

कतिपय बिषयहरूमा तर्क गर्नु औचित्यहीन हुन्छ। समय, परिस्थिति र आवश्यकतानुसार “ जैसे को तैसे ” गर्दै जानु पर्दछ। यसै सन्दर्भमा नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएबाट जनताको मनोबल बढेको छ। नेकपा भित्रको गुटबन्दी,ध्रुवीकरण र आरोप प्रत्यारोप निश्चितरूपमा पार्टी को आन्तरिक मामिला हो। पार्टी भित्रबाट नै समाधान हुनेछ।

त्यसबाट राष्ट्रीय राजनीति,सरकार संचालन,देश र जनता सित सम्बन्धीत विभिन्न बिषय,क्षेत्र लगायत छिमेकीहरू संगको सम्बन्ध प्रभावित हुनु हुदैन्।

नागरिकता ऐन संशोधन विधेयक लगायत विभिन्न महत्वपूर्ण बिषयहरू छलफलद्वारा पारित गर्न प्रस्तुत भई सकेको अवस्थामा जुन ढंगमा अकस्मात संसदको अधिवेशन समाप्त गरियो र सरकार ढाल्न,आफु लाई सत्ताच्युत गर्न भारत लागिपरेको सरकार प्रमुखबाट किटानी साथ उठान गरिएकै कारण त्यस तर्फ सबैको चासो बढेको र बहस चलेको हो। भारतको रअ ( Research & Analysis Wing ) अत्यन्त सक्रिय रहेको आजको घडीमा नेकपाको आन्तरिक विवाद समाधानको क्रममा राष्ट्र राष्ट्रीयता अलिकति पनि चिथोरिन गएमा त्यस्तालाई जनताले लेण्डूप को खलक ठान्ने छन्। आत्मा विहीन शरीर भएका हाम्रा केही नेताहरू रअ को ख़ुफ़ियाहरू संगको साँठगाँठमा भूमिगत चलखेलमा लागिपरेको पनि हुन् सक्छ। सत्तासीन नेकपा को वर्तमानको वाहवाहको अवस्था कतै हायहायमा नबदलियोस।

gold
kumari bank
kumari
nawakantipur long