नेपाल वायुसेवा निगम र पर्यटन–प्रवद्र्धन

नेपाल वायुसेवा निगमले आजभन्दा ६५ वर्ष अघिदेखि आफ्नो सेवा सुरु गरेको हो । यसले विविध समस्याहरू झेल्दाझेल्दै पनि नेपालका हिमाली र पहाडी भेगका निकै स्थानहरूमा निरन्तर रूपमा आन्तरिक हवाईसेवा पुर्याइरहेको छ ।
नेपाल वायुसेवा निगमको सेवा नै नेपालका हवाई सेवाहरूमध्येको पुरानो र महत्वपूर्ण सेवा हो । यो निगम देशका विभिन्न ठाउँहरूका अतिरिक्त विदेशसम्म पनि आङ्खनो उडान गराउन स˚ल रहेको छ ।
यो निगमले सुलभ र नियमित रूपमा हवाईयात्रुहरूलाई सेवा पुर्याउँदै आएको छ । हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूधरातलीय अवस्थिति, पर्याप्त प्रविधिको अभाव, उड्डयन सम्बन्धी राष्ट्रिय नीतिको अपर्याप्तता, व्यवस्थापकीय पक्षमा राजनीतिक दबाब र आवश्यकताभन्दा कम साधन–स्रोत यो निगमले झेल्दै आएका केही समस्याहरू हुन् । यति हुँदाहुँदै पनि यो निगम आर्थिक रूपमा धेरै घाटा खपेरसमेत हालसम्म सञ्चालन भइरहेको छ । यसबाट यात्रुहरूप्रति यो निगम पूर्ण रूपमा सचेत रहेको कुरा प्रस्ट भएको छ ।
नेपाल वायुसेवा निगमले सडक यातायात पु¥याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाईसेवा पुर्याइरहेको छ । त्यस्तै यसले हिमाली शृङ्खलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पुर्याई सेवा गरिरहेको पनि प्रस्टै छ । कतिपय ठाउँका मानिसहरूले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा पनि निगममै भर पर्नु परेको तथ्य सर्वविदितै छ । त्यस्ता ठाउँहरू यातायातका अन्य साधनहरूबाट पूर्ण रूपमा वञ्चित रहेका छन् र मानिस आफैले सामान ढुवानी गर्न पनि बिलकुलै असम्भव रहेको छ । राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानहरूमा निगमले सेवा पुर्याउँदै आएको छ ।
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने साधन भनेको यातायात नै हो । यातायात विना समुचित विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थलसाधनहरू विकट पहाडी क्षेत्रहरूमा पुर्याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ ।
त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाईसाधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर हवाईसाधनको व्यवस्था गर्नु पनि मह“गो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता राष्ट्रहरूमा स्थल यातायात भन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
अत्यन्तै न्यून भू–भाग मात्र सुगम र अत्यधिक भू–भाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायातसेवा पुर्याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरूमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव पनि होइन ।
विमानसेवाको विकास, विस्तार र व्यवस्थापनले राष्ट्रको विकासका निम्ति महत्वपूर्ण भूमिका खेलेका हुन्छ । अझ हाम्रो जस्तो पहाडी मुलुकमा त हवाईसेवाको विस्तार नगरीकन अन्य क्षेत्रको विकास गर्न अत्यन्तै कठिन पर्ने मात्र होइन, असम्भव नै हुन्छ ।
हवाईसेवाको विस्तार गरी देशको विकास गर्न निगमले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न सक्तछ । आर्थिक घाटा, विमानको कमी, उच्चस्तरीय दक्ष जनशक्तिको अभाव आदिजस्ता निगमले हाल झेल्दै आएका प्रमुख समस्याहरूको समाधान गरी आधुनिक उपकरण तथा अन्य आवश्यकीय वस्तुहरूको परिपूर्ति गर्दै जाने हो भने भविष्यमा निगमले प्रशस्त सेवा गर्न सक्ने कुरामा पटक्कै विवाद हुन सक्तैन ।
केवल हवाई–यातायातका दृष्टिले मात्र निगम महत्वपूर्ण भएको होइन, राष्ट्रको समग्र विकासमा पनि यसको अग्रसरता रहेको स्पष्टै छ । विकट पहाडी स्थानहरूको सम्पर्क राजधानी तथा सुगमका स्थानहरूमा गराई निगमले एक–अर्काबीच व्यापार–व्यवसाय र सांस्कृतिक आदान–प्रदान गराई सामाजिक एकीकरण नै गराइदिएको छ । आवत–जावत र सम्पर्क बारम्बार भइरहनाले भाषिक एकीकरण गर्ने र शैक्षिक चेतना जगाउने कार्यमा समेत निगमबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।
विदेशका धेरै मुलुकहरूमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपालको छविलाई विश्वमा फैलाउने कार्यमा नेपाल वायुसेवा निगम उत्तिकै क्रियाशील रहेको छ । स्वदेशका सगरमाथा, माछापुच्छ्रे, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर, धवलागिरी, अन्नपूर्ण, ल्होत्से, चोयु, आमादाब्लम, लाङ्टाङ तथा अन्य थुप्रै हिमाली क्षेत्रमा यसले यात्रुहरूलाई दृश्यावलोकन गराइरहेको छ भने विदेशतर्˚ विभिन्न स्थानहरू, जस्तै: मलेसियाको क्लालालम्पुर, युएईको दुवई, कतारको दोहा, साउदी अरवको रियाद, थाईल्याण्डको बैङ्कक, भारतको दिल्ली, बैंगलोर र बम्बई, चीनको हङकङ, जापानको नारिता आदिजस्ता थुप्रै स्थानहरूमा सेवा पु¥याउ“दै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडानहरू कटौती गरेको भए तापनि आवश्यक व्यवस्था गरी कटौती भइसकेका स्थानमा पनि अब उडानहरू भर्नु अत्यावश्यक भइसकेको छ ।
अर्को कुरो, नेपालका अत्यन्तै विकट र दुर्गम स्थानहरूमा आधुनिक सञ्चारका साधनहरूको कमी छ र व्यवस्थित मैदानको पनि अभाव छ । यस्ता समस्याहरूलाई सहँदै निरन्तर हवाईसेवा सञ्चालन गरिरहेको हुनाले समाधानतर्˚ लागिपर्न थाल्नेबित्तिकै निगमले सेवाका स्थानहरू बढाउन सक्ने कुरामा द्विविधा छैन ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र निगमको कर्तव्य होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि यसको कर्तव्य हो । हाम्रो जस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्रायाउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो ।
यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै नेपाल वायुसेवा निगम हो । पर्यटन–उद्योग नै देशविकासको मेरुदण्ड भएको हुनाले र पर्यटन–उद्योगको विकास निगमको क्रियाकलापमा नै निर्भर रहेको हुनाले निगमको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यनटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्ने छ ।