citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कारोनाले भन्दा बढी मृत्यु हुने अर्बुद (CANCER)रोग नेपालअर्बुद रोग निवारण संस्थाः एक परिचय

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

हरि गोपालप्रधान

नेपालमा समाजसेवाको औपचारिक इतिहास केलाउँदाहामीले विक्रम सम्वत १९९० साल माघ २ गते (सोमबार) गएको विनाशकारी महाभूकम्पपछिको घटनासम्म पुग्नुपर्छ, अनि ‘परोपकार संस्था’को स्थापना भएदेखिका सामाजिककार्यहरू हेर्नुपर्छ । विभिन्न चरणहरू पार गरेर अनिविभिन्न कष्टहरू झेलेर समाजसेवीहरूले अझसम्मआफूलाई राष्ट्र र जनताको सेवामा समर्पण गरिरहेका छन् । उनीहरू अर्बुद जस्तो डरलाग्दो रोगको नियन्त्रणका लागिसमेत क्रियाशील छन् ।
अर्बुद (CANCER) रोग जस्तो भयावह रोग विरुद्धको लडाईमा एउटा अगुवाई संस्थाको रुपमाविगत ३८ वर्ष देखि विभिन्न ४२ जिल्ला शाखाहरुलाई एउटै छातामुनी राखी यस रोग विरुद्धको अभियानमा समर्पित रहेको यस संस्थाले विभिन्नअन्य संस्थाहरु नेपाल सरकार, स्थानियनिकाय, विदेशीतथा स्वदेशी संघ, संस्थाहरु र निजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्तिप्रति अग्रसर रहँदै आएको छ । जनमानसमा चेतनाअभिबृद्धि गर्ने तथायसका लक्षणहरु एवं रोगको रोकथामगर्ने उद्देश्यले २०३९ साल, भाद्र ३१ गते तत्कालिन स्वर्गीय श्री ५ शाहज्यादी जयन्तीशाह सरकारको अध्यक्षतामा स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३८ वर्षको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरको छ ।

शुरुका दिनहरुमा नेपाल जस्तो गरिव मुलुकको लागि क्यान्सर रोगको उपचार सर्वसाधारण को पहुँच भन्दा बाहिरको कुरा थियो । यसको उपचार अत्यन्त महँगो हुने भएकोले केही प्रतिशत व्यक्तिहरुले मात्र विदेशमा गई उपचार गदर्थे । उपचारात्मक क्षेत्र तर्फ यस्तो स्थिति थियो भने प्रतिकारात्मक स्थिति करिव शून्य नै थियो ।

अहिले स्थिति यस्तो छैन । हाल संस्थाका सम्पूर्ण जिल्लाशाखाहरु जनचेतना जगाउनका लागि परेका छन् भने संस्थाद्वारा संचालित भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगीहरुले सर्वसुलभ तरिकाले उपचार पाईरहेको छन् ।

यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई प्रतिकारात्मक र उपचारात्मकदुवै क्षेत्रलाई समानरुपमा अगाडि सारेको छ । प्रतिकारात्मक क्षेत्रको मुख्य कडी नै व्यापक रुपमा जनचेतना जगाउनु हो ।

तसर्थ संस्थाले विभिन्न समयमा क्यान्सर रोग बारे परिचयात्मक कार्यक्रमहरु विभिन्न स्कूलहरु, समुदायहरु, पत्रकारहरु, कलाकारहरु, शिक्षकहरु माझ गर्दै आइरहेको छ भने धुम्रपान रहित दिवसको उपलक्ष्यमा धुम्रपान विरुद्धको ¥याली आयोजना तथा पोष्टर, पम्पलेट, स्मारिका तथा विभिन्न प्रकारका क्यान्सर समाचारहरु, प्रकाशन गरी व्यापक रुपमा केन्द्र शाखाले प्रचार प्रसार गर्दै नै आइरहेको छ ।

साथै क्यान्सर रोगबारेको प्रयास नामक एक बृत्तचित्रतयार पारी यहाँ सामू प्रस्तुतगरिसकेको छ । उक्त बृत्तचित्र नेपाल टेलिभिजनमा प्रसारण समेत गरेको थियो भने अन्य टेलिभिजनहरुमा समेत प्रसारण गर्ने पहल भैरहेको छ ।
विश्वमा क्यान्सर रोगबाट करिव ४० लाख मानिसहरुको मृत्यु हुने गरेको छ । सो रोगलाई रोकथामगर्न सकिने विभिन्न क्यान्सर रोगहरुको मुख्य कारकतत्वको रुपमा रहेको सुर्ती जन्यपदार्थ विरुद्ध सशक्त कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

विश्वमा भैरहेको वर्षेनी ३२ लाख व्यक्तिहरुको मृत्युको कारण रहेको सुर्तीजन्य पदार्थ नेपाली समाजबाट विस्थापित गर्नका लागि विश्व ध्रुमपान रहित दिवसको अवसर पारेर सोही दिन देखि संचालनमा ल्याएको NCRS, Tobacco Quitline Phone 5202666 मार्फत ध्रुम्रपान त्याग्न चाहनेहरुको लागिनिः शुल्क टेलिफोन परामर्श सेवा नेपाल अर्बुद रोग निवारण संस्थाबाट संचालन गरेको छ ।
नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगका कारणले गर्दा करिव वर्षेनी २७हजार मानिसहरुको मृत्यु हुन्छ भने क्यान्सर रोग सम्वन्धि २०औं अर्ब आर्थिक क्षति भैरहेको छ । विश्वको रेकर्ड अनुसार ३ महिनामा विविध रोगबाट ४५,५५,६८१ मृत्यु भएकाडाटा संकलन यस प्रकार छन् ।

Corona Virus : 3,14,687

Common Cold  : 3,69,602
Malaria : 3,40,584

Suicide : 3,53,696

Road Accidents 3,93,479
HIV : 2,40,950
Alcohol : 5,58,471
Smoking :8,16,498

Cancer :11,67,714

UICC (International Union Against Cancer) INCTR (International Network For Cancer Treatment and Research) लगायत संघ, संस्थासँगपनि संस्था सदस्यताबनी संस्थाको निकट सम्वन्धमा स्थापितभएको छ । यसबाट नेपालमा क्यान्सरको उपचार रोकथाम एवं अनुसन्धानका लागि ठोस सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

यसै गरी संस्थाको नियमित कार्यमा सहयोग पु¥याउँदै आएका विभिन्न संघ संस्था औद्योगिक प्रतिष्ठान, व्यापारी एवं व्यक्तिलाई आदर र सम्मान गरी अझ प्रोत्साहित गरिएको छ भने क्यान्सर रोगको क्षेत्रमा विशेष सहयोग पु¥याउने समाजसेवीहरु, डाक्टरहरु, पत्रकार र मिडियाहरुलाई र उत्कृष्ट क्रियाकलाप गर्ने शाखा र पदाधिकारीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने परिपाटिको थालनीले गर्दा कार्यक्रमहरुले अझव्यापकता पाउने निश्चित छ ।

संस्थाले गरेकाका र्यक्रमहरुमा नेपाल सरकार, स्वास्थ्य मंत्रालय लगायतबाट पनि रकम सहयोग गर्ने भनीआश्वासन पाएको छ ।

साथै संस्थाका केन्द्रीय निवर्तमान अध्यक्षको पहलबाट अमेरिकन क्यान्सर सोसाइटीले कार्यक्रमको लागि सहयोग गरिरहेको साथै विभिन्नअन्तर्राष्ट्रिय संघ/संस्थाबाट सहयोग पु¥याउने बचतबद्धता समेत जनाएको छ ।

यी सबै कुराको समुचितप्रयासको प्रतिफल स्वरुप नै संस्था आज यो अवस्थामा आइपुगेको भन्दा अन्यथा होला , यसको श्रेय संस्थाका निर्वतमान केन्द्रीय अध्यक्ष श्री दिवाकर राजकर्णिकार एवं वर्तमान केन्द्रीय व्यवस्थापनलाई दिनै पर्छ ।

नेपालमा INGO, NGO स्वास्थ्य सम्वन्धमा संघ संस्थाहरु अहिले कहाँ छन ? सरकारले ती संस्थाहरुसँग सहकार्य गरी कोरोना सरुवा रोग बारे गाउँगाउँमा गएर जनचेतना सम्वन्धी प्रचार प्रसार गर्न लगाउनु प¥यो । यस कार्यमा सरकारले ढिला नगर्नु ।

कोरोना (कोभिड–१९) सरुवा रोग धेरै धुम्रपान गर्ने व्यक्तिहरुलाई बढी संक्रमण देखिएकोले तत्कालिन केही महिनाको लागि चुरोट, खैनी जस्ता सुर्ति पदार्थ तुरुन्त नेपाल  राज्य भर विक्री बन्द गर्नु पर्दछ ।

अन्त्यमाक्यान्सर रोगको उपचारात्मकतथाप्रतिकारात्मक पद्दतिको बारेमा जनचेतना, जागृत गराउने तथा विभिन्न सूचनाहरु प्रवाह गर्न गहन जिम्मेवारी प्रदानगर्ने केन्द्रीय समिति र क्यान्सरका विरामीहरुलाई सहयोग गर्दै आउनु भएको हुँदापुनः सहयोग गर्दै जानु हुनेछ भन्ने विश्वास लिएको छु ।

 

gold
himalayan life insurance long ad
kumari bank