macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल पर्यटन बोर्डमा रेग्मी

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रिक्त रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन । रेग्मीलाई नेपाल पर्यटन बोर्डको सञ्चालक बोर्डले सीईओ नियुक्ति गर्ने निर्णय गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२० मानाइरहेको अवस्थामा सञ्चालक बोर्ड बैठकले गत डिसेम्बर २३ गतेदेखि रिक्त पदमा उनलाई सीईओ नियुक्ति गर्ने निर्णय गरेको थियो । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य तथा छनौट उपसमिति सदस्य कृष्णबहादुर महराले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिएका थिए ।
सीईओ छनोट उपसमितिले नयाँ सिइओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम ‘सर्ट लिस्ट’ गरी धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा सिफारिस गरेको थियो ।

१५ माघ २०७६, बुधवार ०९:४७ बजे प्रकाशित

NTA long ad