stcnepal long ad
global ime bank long

सिभिल बैंकको गण्डकी प्रदेशमा कार्यालय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंक गण्डकी प्रदेश कार्यालय शाखा पोखराको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उदघाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।
उक्त शाखाको उदघाटनमा सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्ग, बैंकका सञ्चालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेश अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय सञ्चालन गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुनका लागि बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेमा विश्वास व्यख्त गरेका थिए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्कतालाई केन्द्रविन्दुमा राख्दै अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बताए ।
सिभिल बैंकले हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको ५२ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्व रुपैयाँ कर्जा लगानी गरेको छ । यस बैंकको गण्डकी प्रदेशमा यस शाखा समेत गरी १२ शाखा तथा नेपाल भर कुल शाखा संख्या १०३ पुगेकोे बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari