sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पा २८ औं पटक विश्वको सर्वोच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्नु भएको हो ।

यस अघि २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएका कामीरिताले सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गर्नु भएको हो ।

यससँगै कामीरिता विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोही बन्नु भएको छ ।कामीरिता सोलुखुम्बुकै थामे गाउँका बासिन्दा हुन् ।

gold
prabhu bank
nawakantipur long