prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

पोखराबाट आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

पोखरा। पोखरा स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएको छ। यसबाट पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह छाएको छ ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो साता अर्थात जुन २३ देखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने जानकारी दिएका थिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराका व्यवसायी र जनताको साढे चार दशकदेखिको सपना पूरा भएको थियो ।

२०७९ पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको थियो। नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न पाएको छैन।

यो अवस्थामा चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह भरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउछन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन। यो अवस्थामा चार्टड उडान हुने कुराले पोखराबासी उत्साहित भएका छन।

यसबाट अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ भन्ने दबाब पर्न गएको छ।

पोखरा विमानस्थल उदघाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण सुरुआत हुने पर्यटन व्यवसायी तथा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताएका छन ।

चार्टर्ड उडान मार्फत अन्तराष्ट्रिय उडान हुनु आफैँमा महत्वपूर्ण छ। नेपाल आउने चिनियाँँ पर्यटकमध्ये झण्डै ८० प्रतिशत पोखरा भित्रने गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

विशेषतः साहसिक पर्यटन चिनियाँँ पर्यटकको रोजाइमा रहदै आएको छ। चिनियाँ पर्यटकको पोखराको मुख्य रोजाई प्याराग्लाइडिङ हुने गरेको छ। उनीहरू छोटो दूरीको पदयात्राका लागि पनि उत्तिकै रुचि राख्छन् ।

पोखरामा चिनियाँँ पर्यटकका लागि चाइनिज खाना खुवाउने होटेल तथा रेष्टुराँ पर्याप्त रहेको छ।चिनियाँँ पर्यटकको आवश्यकताअनुसारका पर्यटक गाइड तथा सहयोगी पनि पोखरामा उपलब्ध रहेको छ ।

सन् २०१९ अघि पोखरामा धेरै संख्यामा चिनियाँ पर्यटक आए पनि कोरोना महामारीलगायत कारणले पछिल्लो समय आगमन प्रभावित भएको छ ।

विगत चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेको पोखरा विमानस्थलको निर्माणको जिम्मा चिनियाँँ निर्माण कम्पनी सीएमसीइले पाएको थियो ।

विमानस्थलको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुसमा गरेका थिए । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बको लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको छ । तर लगानी अनुसार अन्तर्राष्ट्रिय उडान नहुँदा त्यत्रो लगानी नउठने चिन्ता छाएको छ।

विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २०, बोइङ सात सय ३५ जहाज उडान र अवतरण गर्न सकिने नेपाल नागरिक उडयान प्राधिकरण स्रोतले बताएको छ ।

विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिने क्षमता छ । धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको छ। विमानस्थलको चौडाइ ४५ मिटर रहेको छ ।

विमानस्थलमा १४ आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् । अन्तर्राष्ट्रिय उडानले विभिन्न देशका सहरसित पोखराको सीधा सम्पर्क स्थापित हुन सक्छ ।

पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान पोखरामात्र नभई समग्र देशको पर्यटकीय विकासका लागि कोसेढुङ्गा सावित हुन सक्ने पोखराका पर्यटन व्यवसायीहरू बताउँछन् ।

 

६ जेठ २०८०, शनिवार १०:५६ बजे प्रकाशित

NTA long ad
stcnepal long ad