stcnepal long ad
himalayan Everest Insurance long ad

ललितपुरको  भैँसेपाटीमा मन्त्री निवास छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न निर्देशन दिएकी छिन् ।

मन्त्री गुरुङ आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिइन् ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले विसं २०७६ कात्तिकमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो ।

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइन् ।

“समयमै काम सकियो भने तपाईंलाई पनि ढुक्क हुन्छ, सरकारको पनि एउटा योजना पूरा हुन्छ, बरु कामदारको सङ्ख्या बढाउनुहोस्, दिनरात गरेर भए पनि काम गर्नुहोस्, तर सम्झौता बमोजिम यथाशक्य काम सम्पन्न गर्नुहोस्”, उनले भनिन् ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ ।

मन्त्री गुरुङसँगै शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरे ।

६ जेठ २०८०, शनिवार २१:०० बजे प्रकाशित

NTA long ad