sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन् । अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् ।

आज मात्रै मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका ११ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई दूतावासको सहयोगमा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको थियो ।

गत साउनदेखि कात्तिक मसान्तसम्म मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली राजदूतावासको सहयोगमा उद्धार भइ स्वदेश फर्किएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।

सो अवधिमा मलेसियामा अवैधानिक भई बिरामी/अलपत्र भएका ५२ नेपाली नागरिक स्वदेश फर्केको दूतावासले जनाएको छ ।

उनीहरुलाई दूतावासको सहयोगमा अध्यागमनसम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न गरी नेपाल फर्काइएको हो । मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएका नेपालीलाई दूतावासले समन्वय गरी स्वदेश फर्काउँदै आएको छ ।

 

prabhu bank
nawakantipur long