stcnepal long ad
global ime bank long

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री आले

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउनुभएको विषयबारे जवाफ दिनुहुँदै मन्त्री आलेले सो धारणा राख्नुभएको हो ।

‘‘सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य यात्रु चाप, उड्डयन क्षेत्रमा विकसित प्रविधि, आगामी वर्षको यात्रु सङ्ख्या प्रक्षेपणलगायत कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प तत्काल खोज्नुपर्ने अवस्था र राज्यले अविलम्ब सम्बोधन गर्नुपर्ने अवस्था रहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा सूचीकृत गरेको प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि प्रारम्भिक लागत एक खर्ब २० अर्ब अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि २६ करोड रकम न्यून बजेट हो । अर्थ मन्त्रालयले थप बजेट व्यवस्था गर्नेमा आशावादी छु ।’’

मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण भइसकेको जानकारी दिनुभयो ।

‘‘नेपाल नागरिक उड्डयन प्राधिकरणले परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटीसम्बन्धी सिफारिस समति बनेको छ,’’ उहाँले भन्नुभयो, ‘‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा आठ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिनुका साथै सरकारले उड्डयन प्राधिकरणमार्फत तीन अर्ब लगानी गरिसकेको छ ।’’

यसैगरी, उहाँले परियोजनासँग जोडिएको काठमाडौं–तराई द्रुतमार्गका लागि सरकारले दुई खर्ब खर्च गरिसकेको पनि बताउनुभयो ।

IME Lifesidebar
kumari