citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

फिल्म ‘बाबरी’ को गीत सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । फिल्म ‘बाबरी’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । ‘बाबरी रंग’ बोलको गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड छन् ।

सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर रहेको छ । गीत गायनमा अस्मिता अधिकारीले संगीतमार गुरुङलाई साथ दिनुभएको छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

 

गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिनुभयो ।

गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताउनुभयो ।

फिल्मका मुख्य अभिनेता धिरजले पनि यसको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफूले ‘बाबरी’मा काम गर्न सहमत भएको बताउनुभयो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गर्नुभएको हो । फिल्ममा आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

यस्तै, फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् ।

सुष्मा गुरुङ सह९निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो।

फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

 

himalayan life insurance
igi long