stcnepal long ad
global ime bank long

ओयोले नेपालमा कोभिड—१९ को लकडाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं ।  ओयो होटेल एण्ड होम्स, विश्वकै एक अग्रणी होटेल तथा घरको श्रृंखलाले आज नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ ।

सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि लकडाउनमा छ । यो घडिमा ओयोपूर्ण ऐक्यवद्धताका साथ देशसँग खडा छ र सरकारले लिएको कदमहरुलाई समर्थन गर्दछ र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्नेछ ।
आज अप्रिल १ तारिख देखि शुरु भएर चयन गरिएका ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्नेछ । लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको छ ।

सरकारले सिफारिस गरेको सम्पूर्ण चेक जाँच र उपायहरु प्रति कम्पनी पूर्ण नमनशील छ । होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिने छ । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ ।

ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थिति अनुगमन गरिरहेको छ ।
ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भन्नुभयो, “कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौति पूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एक साथ उभिनुको महत्व बुझ्छौं ।

हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं । यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रोहदसम्म सके जति सबै गर्नेर्छौ ।”
ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

IME Lifesidebar
kumari