citizens life insurance long ad
stcnepal long ad

मापदण्ड पालना गरि पर्यटन व्यवसाय सुचारु गर्न व्यवसायीको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ ।

यसका साथै बोर्डले यो बीचमा आफूले गरेका काममहरुका बारेमा पनि जानकारी दिँदै नयाँ परिस्थतिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ।

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका छन्।

कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्नेजस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय नगर्न र लकडाउन गर्नु अघि व्यवसायीहरूसँग राय(सुझाव लिन सरकारसँग आग्रहसमेत गरेका छन्।

पर्यटन व्यवसायीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटन व्यवसायलाई चलायमान गराउनुपर्ने बताएका छन्।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा।धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिएका छन।

रेग्मीले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताएका थिए।

कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्रावल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले बोर्डलाई सुझाव दिदै कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताएका छन।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिएका छन।

यस्तै एक्सपिडिसन अपरेटर एसोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने बताएका छन्।

IME Life
kumari