stcnepal long ad
global ime bank long

वायु सेवा निगमलाई ‘सार्वजनिक कम्पनी’ बनाउने बाटाे खुल्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  सोमबार, २६ फागुन २०७६

काठमाडौं । नेपाल वायु सेवा निगम व्यवस्थापनले निगमलाई ‘सार्वजनिक कम्पनी’ मा रूपान्तरण गर्न बाटो खुला गरिदिएको छ ।

सरकारले गत भदौमा निगमको संरचना बदलेर सार्वजनिक कम्पनीमा लैजाने भनेको थियो । निगम सञ्चालक समितिको बैठकले फागुन ८ मा सार्वजनिक कम्पनीमा लैजाने प्रस्ताव पारित गरेको थियो ।

हालको अवस्थालाई बदलेर ५० अर्बको अधिकृत पुँजी संरचना बनाउनु पर्ने राय सहित सरकारलाई निगम व्यवस्थापनले गत बुधबार संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न बाटो खुला गरि दिएको हो ।

निगमले हालको लगानी संरचनामा सरकारको ७५ प्रतिशत, सरकारी स्वामित्वका निकायलाई २२ प्रतिशत र निगममा कार्यरत स्थायी कर्मचारीलाई ३ प्रतिशत सेयर दिन सकिने राय मन्त्रालयलाई पठाएको हो ।

जसमा ५० अर्ब अधिकृत पुँजी, २५ अर्ब जारी पुँजी र २५ अर्ब चुक्ता पुँजी संरचना रहने भनिएको छ । निगमको वर्तमान पुँजी संरचना जम्मा ३ अर्बको छ, जसमध्ये अधिकृत पुँजी ३० करोड मात्रै हो ।

बैठकको निर्णय अनुसार निगमको व्यवस्थापनले सरकारलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्न बाटो खुला गरेको हो ।

IME Lifesidebar
kumari