macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकमा आकासे पुल

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल  सोमबार, २६ फागुन २०७६

काठमाडौं । काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडक खण्डमा आकासे पुल बन्ने भएको छ ।

संघ सरकार अन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा आकासे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । सर्वसाधारणलाई बाटो काट्न सहजताका लागि आकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वाससमेत लिएको जनाएको छ । आजको राजधानी दैनिकबाट

२६ फागुन २०७६, सोमवार ०९:२३ बजे प्रकाशित

NTA long ad