stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकमा आकासे पुल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  सोमबार, २६ फागुन २०७६

काठमाडौं । काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडक खण्डमा आकासे पुल बन्ने भएको छ ।

संघ सरकार अन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा आकासे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । सर्वसाधारणलाई बाटो काट्न सहजताका लागि आकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वाससमेत लिएको जनाएको छ । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari