stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि कार्यदल गठन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो ।

निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देश दर्शन कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री भट्टराईले सरोकारवाला सबैको सहकार्यमा पर्यटन क्षेत्रको छिटो पुनरुत्थान हुनसक्ने धारणा राख्नुभयो ।

पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता, सरोकारवाला र स्रोत बजारमा पर्यटकबीच विश्वसनीय सञ्चार प्रवाह गर्ने काममा कार्यदल केन्द्रित रहने जनाइएको छ । कार्यदलले पहिचान गरेका १० फरक च्यानलबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरू नियमित रूपमा सम्प्रेषित गर्नेछ ।

पर्यटन क्षेत्र पुनः सञ्चालनका लागि सर्वेक्षण, जनचेतना, विदेशमा भएका अभ्यासका सूचना सङ्कलन र पर्यटन प्रवद्र्धनको वातावरण बनाउनेजस्ता काम पनि कार्यदलले आफ्नो उद्देश्यभित्र राखेको छ । कार्यदलले यो सबै पहलका लागि शनिबार नै टीआरटी नेपाल डट कम वेबसाइट पनि सञ्चालनमा ल्याएको छ । पर्यटन क्षेत्रमा समस्या समाधान गर्दै पुनरुत्थान नहुन्जेल कार्यदल सक्रिय रहने छ ।

पाटा नेपाल च्याप्टर र स्कल नेपालको पहलमा स्थापना भएको कार्यदलमा पर्यटन क्षेत्रमा संलग्न व्यक्तित्व, सल्लाहकार, मुख्य छाता सङ्गठनहरू, संस्थागत संरक्षक, स्वास्थ्य तथा सुरक्षा निकायका संस्थाहरू, स्वास्थ्य तथा सुरक्षा संरक्षक, नेपाल पर्यटन बोर्ड पर्यटन, उद्योग संरक्षक रहेका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख तथा विश्वव्यापी रूपमा पर्यटन पुनरुत्थानका लागि सुरु भएको अभियान रिब्युल्डिङ ट्राभलका कार्यदल सदस्य दीपकराज जोशी कार्यदलको संयोजक हुनुहुन्छ ।

prabhu mahalaxmi
kumari