stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

महुली लघुवित्त वित्तीय संस्था को एफपीओ बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गरेको हो।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरेको छ।। यो एफपीओका लागि लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। तर सो अवधिमा आवेदन पर्याप्त नभएमा अवधि पुस १९ गतेसम्म लम्बिनेछ।

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि सि–आस्बा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ। एफपीओ बाँडफाँडपछि यो रकम ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

prabhu mahalaxmi
kumari