stcnepal long ad
global ime bank long

निजगढ विमानस्थलबाट पाँच वर्षमा व्यावसायिक उडान हुन्छ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माघ २२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलबाट पाँच वर्षमा व्यावसायिक उडान गरिछाड्ने बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले नेपालका ५४ वटा विमानस्थलको अवस्थाबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले काठमाडौंको चापलाई कम गर्न निजगढ विमानस्थलको विकल्प नभएको बताएका हुन्।

निजगढमा हजारौँ मान्छे उतारेर काम सुरु गर्छौँ भन्ने भाषणबाजी भएको तर काम नभएको भन्ने प्रश्नमा मन्त्री भट्टराईले भने, ‘हामीले हजारौं होइन, १० लाख उतारेर शिलान्यास गर्छौँ भनेको थिएँ। किनकि त्यो नेपालको गेम चेन्जर आयोजना हो। यसमा सिंगो नेपाल एक ठाउँमा आउनुपर्छ।’

उनले निजगढको काममा प्रगति भएको दाबी गरे। ‘मुआब्जा दिनुपर्नेलाई मुआब्जा दिइसकेका छौँ। टांगिया बस्ती कुनै निजी बस्ती होइन। सार्वजनिक ठाउँमा आएर बसेका १४ सय घरधूरीलाई अर्को ठाउँमा सार्न भूमिसुधार मन्त्रालयमा फाइल पठाई सकेका छौँ’, मन्त्री भट्टराईले भने, ‘वैकल्पिक ठाउँको खोजी भइरहेको छ, छिट्टै त्यो बस्ती पनि सर्छ।’

निजगढ विमानस्थल निर्माणको लागि स्विट्जरल्यान्डको जुरिच एयरपोर्टसँग लगानी बोर्डले व्यावसायिक प्रस्ताव मागेको उनले बताए। एक महिनाभित्र जुरिचसँग छलफल गरी निजगढको लगानी मोडालिटी पनि टुङ्गिने दाबी गरे।

IME Lifesidebar
kumari