macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन्स बैंक इन्टरनेशनललाई रु. २.५ अर्बको ऋणपत्र निष्कासन अनुमति

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनलको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
बोर्डले बैंकलाई १००० दरका २५ लाख युनिट ऋणपत्र बिक्रीका लागि स्वीकृति दिएको हो ।
बैंकले अब निकट भविष्यमै ’१०.२५५ सिटिजन्स बैंक ऋणपत्र(२०८६) का इकाईहरुको बिक्री खुलाउने छ । कुल २५ लाख युनिटमध्ये १० लाख सर्वसाधारणका लागि बिक्री खुल्ला हुनेछ भने बाँकी १५ लाख युनिट प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।
दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
सिटिजन्स बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरुले धमाधम ऋणपत्र बिक्री गरिरहेका हुन् । यस्ता ऋणपत्र मार्फत बैंकहरुलाई आवश्यक दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापन हुने र यसले हालसम्म हुँदै आएको कर्जा–निक्षेपबीचको मिसम्याचको अवस्था समेत अन्त हुने बताइन्छ ।

२२ माघ २०७६, बुधवार १६:४१ बजे प्रकाशित

NTA long ad