stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल वायुसेवा निगमले पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाल काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रिय टिकट बिक्री हुँदै गरेको अब थप तीन ठाउँबाट अन्तर्राष्ट्रियतर्फको टिकट लिन सकिने छ ।

यसअघि अनलाइनबाहेक काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रियतर्फको टिकट बिक्री हुँदै आएको थियो, अब यात्रुको सहजताका लागि विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री सुरु हुने उहाँले बताउनुभयो ।

बडादसैँ, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

चाडपर्व पश्चात् पनि विराटनगर, पोखरा र नेपालगन्ज कार्यालयबाट टिकट वितरण गर्ने गरी व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari