stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

चालु आर्थिक वर्षको दुई महिनामा निर्यातभन्दा बढीको इन्धन आयात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिनामा नेपालबाट २५ अर्ब ५३ करोड १० लाख रुपियाँको निर्यात हुँदा ३६ अर्ब ९७ करोड ६१ लाख २५ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

चालु आर्थिक वर्षको भदौ महिनामा ११ अर्ब ६५ करोड २० लाख रुपियाँ बराबरको एक लाख २० हजार १३१ किलोलिटर पेट्रोल आयात भएको छ । १३ अर्ब ६४ करोड ५२ लाख ५० हजार रुपियाँको एक लाख ४४ हजार ७२४ किलोलिटर डिजेल आयात भएको छ ।

दुई महिनामा दुई अर्ब ६७ करोड ९७ लाख रुपियाँ बराबरको २७ हजार ८०९ किलोलिटर हवाई इन्धन आयात भएको भने १४ करोड २७ लाख रुपियाँ बराबरको एक हजार ४५६ किलोलिटर मट्टितेल आयात भएको छ ।

यस्तै दुई महिनामा नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रुपियाँ बराबरको ८८ हजार ५३८ मेट्रिक टन ग्यास आयात भएको छ ।

गत आर्थिक वर्षको दुई महिनामा ३७ अर्ब २९ करोड ४४ लाख छ हजार रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा ६८ करोड रुपियाँले पेट्रोलियम पदार्थको आयात कमी भएको भएको तथ्याङ्कले देखाएको छ ।

आन्तरिक बजारमा इन्धनको खपत कम हुँदा आयातमा समेत सामान्य कमी आएको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको काम न्यून हुँदा डिजेलको खपत कमी हुने गर्छ । यस्तै विद्युतीय चुलोको प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा समेत सामान्य कमी देखिएको छ ।

नेपालको तुलनामा सीमावर्ती भारतीय बजारमा इन्धनको मूल्यमा कमी भएका कारण पनि पेट्रोलियम पदार्थको आयातमा प्रभाव परेको बताइएको छ ।

भारतीय बजारको तुलनामा नेपालमा महँगो मूल्य हुँदा आयात धेरै भएर तस्करी मार्फत भारतीय बजारमा जाने गरेको थियो । व्यवसायीका अनुसार डिजेलको प्रयोग निर्माणको चरणमा रहेका आयोजना  तथा  औद्योगिक  क्षेत्रमा  ४०  प्रतिशतले र  यातायात र अन्य क्षेत्रमा ६० प्रतिशत हुने गरेको छ ।

पछिल्लो समयमा विद्युत्को प्रयोग बढेका कारणले पनि पेट्रोलियम पदार्थको खपतमा केही ह्रास आएको हुन सक्‍ने अनुमान गरिएको छ । सरकारको घोषित नीति नै विद्युत्को प्रयोग बढाएर पेट्रोलियम पदार्थको खपत घटाउने हो ।

सहरी क्षेत्रको घरायसी प्रयोजनमा विद्युत्को प्रयोग सामान्य बढेकाले पनि ग्यासको खपतमा कमी आएको बताइएको छ ।

चाडपर्वमा पेट्रोलियम पदार्थको खपत धेरै हुने हुँदा असोज महिनामा आयात बढ्ने नेपाल आयल निगमले जनाएको छ । दसैँमा धेरै सङ्ख्यामा सवारीसाधन चल्ने हुँदा डिजेलको खपत धेरै हुने गर्छ ।

prabhu mahalaxmi
kumari