stcnepal long ad
ime life insurance
national life
global ime bank long

नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा दुई अन्तर्राष्ट्रिय विमान स्थल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौं स्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढिरहँदा विकल्पका रूपमा बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु नियमित सञ्चालनमा ल्याउन सकिएको छैन ।

अर्बौं ऋण लगानी जुटाएर बनाइएको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटनको लामो समय वित्दा पनि ठोस योजना ल्याएर नियमित सञ्चालन गर्न सकिएको छैन ।

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष नाघेको छ । पोखरामा अर्को विमानस्थल बनाएर उद्घाटन गरिएको करिब डेढ वर्ष भएको छ ।

सरकारले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखेर ऋण लगानीमा बनाएको थियो । तर उद्घाटनको यति समय बितिसक्दा गौतम बुद्धबाट सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुन सकेको छ, पोखराबाट चार्टर्ड बाहेक व्यावसायिक उडान छैन ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र आसपास क्षेत्रलाई लक्ष्य गरेर थप दुइटा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो ।

३५ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा निर्मित भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुवाती दिनमा जजिरा एयरलाइन्सले सातामा तीन दिन उडान गरेको थियो ।

पछि हिउँदमा ‘भिजिबिलिटी’ को समस्या देखाएर उडान रोक्यो । विमानस्थलमा उपकरणको मद्दतबाट विमान अवतरण गर्ने प्रणाली ‘आईएलएस’ जडान भए पनि भारतले सञ्चालनको अनुमति दिएको छैन । यस्तै, सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु थपका लागि भारतसँग राखिएको प्रस्ताव स्वीकृत भएको छैन ।

भैरहवाका लागि सिमरा हुँदै प्रवेश गर्दा दूरी लम्बिने हुनाले उडान खर्च महँगिन्छ । अहिले नेपाल एयरलाइन्सले मात्र मलेसियाको क्वालालम्पुरबाट सातामा एक दिन ‘कनेक्टिङ’ उडान गरिरहेको छ ।

नेपाल नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता हंसराज पाण्डे भने नेपालमा विमान अभाव भएको र विदेशी विमानहरु काठमाण्डौ बाहेक अन्त ल्याण्ड गर्न नमान्ने गरेको बताउनुहुन्छ ।

विदेशी वायु सेवा कम्पनीलाई पनि आकर्षित कसरी गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको प्राधिकरणका प्रवक्ता पाण्डेको भनाइ छ ।

विमानस्थल सेवा शुल्क नियमावली बमोजिमका गर्नुपर्ने छुटहरू दिइरहेको र अरु पनि विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।

यसैगरी यी दुइ विमान स्थलको अध्ययन गरी सुझाव दिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक समिति गठन गरेको र करिब १ हप्ताभित्र समितिले सुझाव दिएपछि अगाडि बढ्नै प्रवक्ता पाण्डेले बताउनुभयो ।

सञ्चालनका लागि कुनै योजना नबनाई विमानस्थल थप्दा अवस्था के हुन सक्छ भन्ने पाठ सरकारले गौतम बुद्ध र पोखराको विमानस्थलबाट सिक्नुपर्छ ।

बनिसकेका यी दुवै विमानस्थल सञ्चालनका लागि सरकारले अविलम्ब योजना बनाउनुपर्छ । अन्तर्राष्ट्रिय उडान हुँदा चाहिने पर्यटन, श्रम, अर्थ, गृह र रक्षा मन्त्रालयअन्तर्गतका सम्बन्धित एकाइ स्थापना र सञ्चालन तत्काल जरुरी छ ।

एयरलाइन्सहरूलाई अन्तर्राष्ट्रिय उडानमा प्रोत्साहन गर्ने कार्यक्रम सुरुवाती दिनमा चाहिन्छ । अन्तर्राष्ट्रिय उडानको असहजता हटाउन भिजिबिलिटीको समस्या निराकरण र भारतीय आकाशबाट हुने प्रवेश बिन्दु थपका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने सुझाव विज्ञको छ ।

IME Lifesidebar
kumari