stcnepal long ad
ime life insurance
national life
global ime bank long

ट्रयाक खुलेको २९ वर्ष पछि कालिञ्चोक मन्दिर जाने सडक कालोपत्रे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

दोलखा । सडकको ट्रयाक खुलेको २९ वर्ष पछि सडक कालोपत्रे भएपछि प्रशिद्ध धार्मिकस्थल कालिञ्चोक मन्दिर जान सहज भएको छ । जिल्ला सदरमुकाम चरिकोटबाट कालिञ्चोक जाने मुख्य प्रवेशद्धार कालोपत्रे भएपछि यात्रुसहित स्थानीयलाई समेत सहज भएको हो ।

चरिकोटदेखी देउरालीसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ । चरिकोटबाट कालिञ्चोक जाने बाटो कच्ची भएका कारण चालकहरुले वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए ।

दुईतर्फी सहजै गाडी गुडन मिल्ने गरी साढे ६ मिटर चौडाईको सडक निर्माण भएको पुर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकका इन्जिनियर टंक प्रसाद तिवारीले बताउनुभयो ।

१२ करोड ९० लाख १८ हजार मा ठेक्का सम्झौता भएको उक्त सडकको काम २२ महिनामा सम्पन्न भएको हो । जय धनन्जय(गणेश कुण्ड(भुजेल जेभीले ठेक्का लिएको उक्त सडकको रङरोगन र ट्राफिक चिन्ह राख्ने काम बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari