धनगढी उड्न लागेको श्री एअरको जहाजलाई पार्किङमा फिर्ता ल्याइयो

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजको उडानमा रोक लगाइएको छ । धावनमार्ग पुगिसकेको जहाजलाई पुनः पार्किङमा फर्काइएको हो ।
त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्गबाट उड्न रोक लगाउदै फर्काइएको छ ।
जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ । उडान तालिका अनुसार सो जहाज काठमाडौं बाट बिहान साढे ८ बजे उड्नुपर्ने थियो ।