stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिंगापुर जादै युक्रेनी राष्ट्रपति जेलेन्स्की

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की एक महत्वपूर्ण सुरक्षा बैठकमा भाग लिन सिंगापुर जाने भएका छन् । जेलेन्स्कीले रुसको सैन्य अभियान विरुद्ध युक्रेनको सुरक्षाका लागि समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

बैठकमा जेलेन्स्कीको भाषण आइतबार हुनेछ । यसअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इन्डो–प्यासिफिक क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको बताएका थिए । उनले एसिया सुरक्षित रहेसम्म अमेरिका सुरक्षित रहेको बताए ।

अस्टिनले अमेरिकाले इन्डो(प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्न चाहेको दाबी गर्ने चीनको आरोपलाई अस्वीकार गरेका थिए ।

योसँगै युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको दबाब बढ्दै गएको छ । यो सहर रुसबाट २४ किलोमिटर मात्र टाढा छ । अमेरिकाले युक्रेनलाई खार्किभ क्षेत्र नजिकैको रुसी सीमा भित्र आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएको छ ।

जालेस्कीका अनुसार अमेरिकाको यो निर्णयले युक्रेनलाई खार्किभ वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सुरक्षा गर्न मद्दत गर्नेछ ।

IME Lifesidebar
kumari