नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (जेठ २० गते) अन्तिम दिन हो । आज कार्यालय समयसमम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यसमा लगानीकर्ताले न्यूनतम ७५८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । त्यसैगरी, न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।