नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्कियो
काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ ।
कुवेतबाट काठमाडौं आएको जहाजमा अवतरणका क्रममा बिहीबार बिहान ८ः३० बजे चरा ठोक्किएको थियो । चरा ठोक्किएका कारण जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ ।
एयरलाइन्सका एक अधिकारीका अनुसार यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने छ। उक्त जहाज ग्राउन्डेड भए पनि अहिले निर्धारित उडान भने प्रभावित नहुने उनले बताए ।




























