गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा थप ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।
सङ्क्रमितहरू अहिले आईसोलेशनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।



























