citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

चैत २७ देखि ‘घान्द्रुक पर्यटन महोत्सव–२०८०’ आयोजना हुने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित घान्द्रुकमा ‘घान्द्रुक पर्यटन महोत्सव–२०८०’ आयोजना हुने भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा यही चैत २७ देखि ३० गतेसम्म महोत्सव हुने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित बढिभन्दा बढि पर्यटक भित्राउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उहाँले जानकारी दिए ।

पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा महोत्सवले पर्यटकीय गतिविधिलाई उचाइमा पु¥याउन सघाउने महोत्सव संयोजक अमृत लामा गुरुङले बताए ।

महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल, खुल्ला बास्केटबल, घोडा दौड, चक्रिय पदमार्ग दौड, ठेलो ९छेलो० र म्युजिकल चियर प्रतियोगिता आयोजना गरिने उनले जानकारी दिए ।

महोत्सवको हरेक दिन बेलुकी विभिन्न जातजातिको प्रचलित नृत्य तथा साङ्गीतिक कार्यक्रम प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए।उनका अनुसार महोत्सवमा आदिम कला केन्द्रले मौलिक नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई खानेबस्ने प्याकेजमा तीस प्रतिशत छुट दिने भएको छ ।

“महोत्सवमा हामीले पर्यटकलाई सहज आवास भनेर खाने बस्ने प्याकेजमा पहिलेकोभन्दा ३० प्रतिशत कम लिनेछौँ”, उनले भने, “मेलामा खेल प्रमुख आकर्षणको रुपमा रहेको छ ।

हरेक खेलको खेलाडीलाई रु छ सयको प्याकेज बनाएका छौँ । महोत्सवस्थलमा विशेष छुटमा खानाको स्टल पनि हुनेछ ।”

घान्द्रुकमा अहिले ७० वटा होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

महोत्सव संयोजक अमृत लामा गुरुङका अनुसार क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले रु एक लाख एघार हजार एक सय ११, उपविजेताले ७० हजारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको विजेताले रु तीन हजार र उपविजेताले बीस हजार पुरस्कारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई रु एक लाख र उपविजेताले ६० हजार पुरस्कारसहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।

घोडा दौड प्रतियोगिताको विजेताले रु ५५ हजार पाँच सय ५५, उपविजेताले २७ हजार सात सय ७७ र तेस्रो हुनेले एघार हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछ ।

चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेतालाई रु पन्ध्र हजार, दोस्रो हुनेले दश हजार र तेस्रो हुनेले पाँच हजार पुरस्कार दिइनेछ ।

ठेलो (छेलो) प्रतियोगिताको विजेताले रु आठ हजार र उपविजेताले पाँच हजार प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रदर्शन गरिने छ ।

gold
himalayan life insurance long ad
kumari bank