तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित भएको चार प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराइएको छ ।
नेप्सेमा ११ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा कम्पनीले बोनस शेयर जम्मा गराएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।
साथै, पुस ११ गतेसम्म धितो राखि कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक/वित्तीय संस्थाको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा गराइने भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत आग्रह गरको छ ।