macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । यो बेला दैनिक ४० वटासम्म उडान हुने गरेकोमा खराब मौसमका कारण पछिल्लो ४ दिनदेखि एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।

उडान नभएपछि सयौँ पर्यटक अहिले रामेछापको मन्थलीमा अलपत्र परेका छन् । काठमाण्डौबाट लुक्ला उडान गर्दा चाप बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थलीबाट लुक्ला उडान गर्न एअरलाइन्सहरुलाई निर्देशन दिएको छ । केहीबेर मौसम खुल्दा केही हेलिकप्टर उडान भएपनि जहाजको उडान ठप्प छ ।

मन्थलीमा खोजेजस्तो होटल नभएको र भएका होटल पनि निकै महँगो भएकाले पर्यटक हैरान भएका छन् । छोटो समयको बिदा लिएर आएकाहरु निराश हुँदै फर्किएका स्थानीयले बताएका छन् । बर्खा सकिएसँगै अहिले सयौँ विदेशी र नेपाली पर्यटक सगरमाथा क्षेत्रमा जाने तयारीमा छन् ।

२३ असोज २०८०, मंगलवार १५:२२ बजे प्रकाशित

NTA long ad