stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिशहोमको चाडपर्व लक्षित योजनाको तेस्रो साप्ताहिक विजेताले जिते रु. एक लाख नगद

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजिन राईले नगद रु एक लाख जितेका छन् ।

सोमवार भएको गोलाप्रथामार्फत राई विजेता छनौट भएका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता गोलाप्रथा मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैं जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानको बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख नगद उपहार, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । यो योजना असोज १ बाट सिमित अवधिको लागि लागू हुनेछ ।

prabhu mahalaxmi
kumari