macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इन्स्टाग्राममा रोनाल्डोको नयाँ किर्तिमान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

क्रिस्टियानो  रोनाल्डोको लोकप्रियता फुटबल मैदान बाहिर पनि हरेक दिन अहिले पनि बढिरहेको छ । फुटबल मैदानमा हरेक दिन नयाँ किर्तिमान बनाइरहेका रोनाल्डोले पछिल्लो पटक सामाजिक सञ्जालमा फलोअरको नयाँ किर्तिमान बनाएका छन् ।

रोनाल्डोलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या ६०० मिलियन पुगेको छ । रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । साथै इन्स्टाग्राममा ६०० मिलियन फलोअर हुने रोनाल्डो पहिलो व्यक्ति हुन् ।

यस अघि रोनाल्डोको २०२२ को नोभेम्बरमा ५०० मिलियन फलोअर नाघेका थिए । त्यसपछि एक बर्षभन्दा कम समयमा उनका एक सय मिलियन फलोअर बढेका छन् ।

फुटबल मैदानमा रोनाल्डोसँग सधै प्रतिष्पर्धा र तुलाना हुने लियोनेल मेसी भने इन्स्टाग्राममा फलोअरको मामिलामा भने धेरै पछाडी रहेका छन् । मेसीका इन्स्टाग्राममा अहिलेसम्म ४८२ मिलियन फलोअर रहेका छन् ।

मेसीपछि तेस्रो स्थानमा धेरै फलोअर हुनेमा गायिका तथा कलाकार सेलेना गोमेज रहेकी छन् । गोमेजको इन्स्टाग्राममा ४२७ मिलियन फलोअर रहेका छन् ।

इन्स्टाग्रामबाट कमाई

यसका साथै रोनाल्डोले इन्स्टाग्रामबाट राम्रो कमाई समेत गरिरहेका छन् । उनले इन्स्टाग्राममा एक कमर्सियल पोष्ट गरेको करिब २.४ मिलियन डलर लिने गर्दछन् ।

त्यस्तै लियोनेल मेसीले प्रति पोष्ट १.८ मिलियन डलर लिने गर्दछन् । त्यस्तै सेलेना गोमेजले १.७ मिलियन लिने गर्दछिन ।

himalayan life insurance
igi long
NTA long ad