stcnepal long ad
himalayan Everest Insurance long ad

पोर्चुगिज डिफेन्डरले युनाइटेडमा सम्झौता थपे

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोर्चुगिज सेन्टर ब्याक डिएगो डालोटले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।

डालोटले पाँच वर्ष अर्थात् जून २०२८ सम्मका लागि युनाइटेडमा सम्झौता नविकरण गरेका हुन् । सम्झौतामा अर्को वर्षको विकल्प पनि समावेश छ ।

२४ वर्षीय डालोट सन् २०१८ मा पोर्चुगिज क्लब एफसी पोर्टोबाट ५ वर्षका लागि ओल्ड ट्राफोर्डमा पुगेका थिए । उनले युनाइटेडका लागि यो अवधिमा १०७ खेल खेलेका छन् ।

पोर्चुगलबाट ११ क्याप जितिसकेका डालोटले सुरुमा युनाइटेडको पहिलो टोलीमा स्थान बनाउन संघर्ष गरिरहे । तर एरिक टेन ह्यागको नेतृत्वमा यस सिजनमा सबै प्रतियोगितामा डालोटले ४२ खेल खेलिसकेका छन् ।

‘म्यानचेस्टर युनाइटेडका लागि खेल्नु भनेको फुटबलमा प्राप्त गर्न सक्ने सर्वोच्च सम्मान हो ।’ सम्झौता नविकरणपछि डालोटले भने, ‘हामीले विगत पाँच वर्षमा केही उत्कृष्ट क्षणहरू बिताएका छौं । यो अविश्वसनीय क्लबमा खेल्न गर्व लाग्छ ।’

डालोटले फेब्रुअरीमा न्युक्यासल युनाइटेडमाथि लिग कपको फाइनलमा २–० को जित निकालेको खेलमा पहिलो रोजाईमा अवसर पाएका थियो । जुन युनाइटेडको सन् २०१७ पछिको पहिलो उपाधि थियो ।

त्यसपछि ब्राइटनविरुद्धको एफए कपको सेमिफाइनलमा पेनाल्टीमा जित निकाल्दा उनले पुरै समय मैदानमा बिताएका थिए । युनाइटेडले शनिबार वेम्बलीमा एफए कपको फाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

१९ जेठ २०८०, शुक्रवार ०७:०५ बजे प्रकाशित

NTA long ad