citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

दरबार हत्याकाण्डको २२ वर्ष पुरा

राजा वीरेन्द्रको वंशनाशको खुलेन रहस्य

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १० गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो ।

उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित छानविन समितिले युवराज दिपेन्द्रले राजारानीलगायतको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिए पनि सर्वसाधारण भने त्यसलाई स्वीकार्न तयार छैनन् ।

घटनामा राजा वीरेन्द्रका वंशसहित पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय उक्त घटना रहस्यमै रहने प्रबल संभावना बढेको छ ।

gold
himalayan life insurance long ad