citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोरोना महामारीले बेलायतको शिर्ष महिला फुटबल लिग र महिला च्यापियनशीपका सबै खेल रद्द

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौं ।  कोरोना भाइरस कोभिड-१९ को महामारीका कारण बेलायतको शीर्ष महिला फुटबल लिग रद्द भएको छ ।

स्वास्थ्य महामारीले गर्दा प्रतियोगिता खेलाउन सम्भव नदेखिएपछि त्यहाँको फुटबल संघले लिग रद्द गर्ने निर्णय गरेको हो । संघले दोस्रो श्रेणीको महिला च्याम्पियनशिप पनि रद्द गरेको छ ।

लिग तत्काल रद्ध गर्न आएको निर्णयले लिगको विजेता हुने दावेदारी गरिरहेका क्लवहरुलाई भने निराश बनाएको छ । लिगमा म्यानचेष्टर सिटी ४० अंक सहित शिर्ष स्थान छ भने मात्रै एक अंकले पछाडी रहेको चेल्सी क्लव दोस्रो स्थानमा छ ।

यसैगरी मात्रै तीन अंकले पछाडी पर्दै तेस्रो स्थानमारहेको आर्सनल क्लवले पनि अर्को जित निकाल्दै शिर्ष स्थानमा उक्लने लक्ष्य बनाएको थियो । तर फुटबल संघले यो सिजनका सबै प्रतियोगिताहरु रद्द गरी अर्को सिजनको तयारीमा जुट्न भनेको छ । खेल रद्दको निर्णयले बेलायतमा महिला फुटबलका ८१ वटा खेलहरु रोकिएका छन् ।

gold
himalayan life insurance long ad
kumari bank