रौतहटमा थपिए एकैपटक २२ कोरोना संक्रमित

आर्थिक सञ्जाल
रौतहट । रौतहटमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । रौतहटको सदरमुकाम गौरमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको छ ।
यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
आज संक्रमण पुष्टि भएकामा तीन जना बालबालिका समेत छन् ।
संक्रमण पुष्टि भएका सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् । यसअघि हिजो मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका मध्ये २६ जना संक्रमित भेटिएका थिए । यो सँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।