stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

रौतहटमा थपिए एकैपटक २२ कोरोना संक्रमित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल 

रौतहट । रौतहटमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । रौतहटको सदरमुकाम गौरमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको छ ।

यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएकामा तीन जना बालबालिका समेत छन् ।

संक्रमण पुष्टि भएका सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् । यसअघि हिजो मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका मध्ये २६ जना संक्रमित भेटिएका थिए । यो सँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।

prabhu mahalaxmi
kumari