Everest Bank
nabil bank
national life
stcnepal long ad

आर्सनल प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

बिहीबार राति भएको दोस्रो लेगमा १–१ को बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पोर्टिङले बाजी मारेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो लेगको खेलमा अग्रता आर्सनलले १९ औं मिनेटमा ग्रानिट झाकाको गोलमा लिएको थियो । तर, ६२ औं मिनेटमा पोर्चुगलका परेसा गोन्साल्वेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११८औं मिनेटमा म्यानुएल युगार्टे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पोर्टिङ १० खेलाडीमा समेटिन पुग्यो ।

टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डो स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे । यता, आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गरे भने गाब्रिएल मार्टिनेलीले गोल गर्न सकेनन् ।

 

३ चैत २०७९, शुक्रवार ०७:३७ बजे प्रकाशित

stcnepal long ad