Everest Bank
nabil bank
national life
stcnepal long ad

नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनाकानी

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ । तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनाकानी गर्दै आएको छ ।

पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० करोड रुपैयाँ नाफामा कमाइ रहेको छ ।

नाफामा भएपनि इण्डियन कर्पोरिसन ९आईओसी० लाई ४ अर्ब ८० करोड र नेपाल सरकारलाई ६ अर्ब ३० करोड ऋण गरी ११ अर्ब १० करोड तिर्न बाँकी भन्दै स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने सोचमा निगम बसेको छ ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन नाफा भएपनि खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ निगमले घाटा व्यर्होनु परेको हुँदा पेट्रोलियम पदार्थको मूल्य नघटाएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

३ चैत २०७९, शुक्रवार ०७:२८ बजे प्रकाशित

stcnepal long ad