prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

पेनाल्टीलाई सदपुयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ। घिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो।

लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ मिनेटमा गोल गरे, जुन गोल लिभरपुलको हारका लागि निर्णायक हुन पुगिदियो। पहिलो हाफमा गोल खाएर दबाबमा परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी अवसर पाए पनि त्यसलाई सदपुयोग गर्न भने सकेन।

दोस्रो हाफको ७० औँ मिनेटमा मोहम्मद सलाहले गोलमा परिणत गर्न सकेनन्। पेनाल्टीमा चुक्दा उननको प्रहार पोस्टबाट बाहिरिन पुग्यो । र, लिभरपुलको अघिल्लो खेलमा देखाएको दाजु यस खेलमा निराशामा परिणत हुन पुग्यो।

लिभरपुल भने ४२ अंकसहित लिगको पाँचौँ स्थानमा छ भने बर्नमाउथले २६ खेलबाट २४ अंकमा सीमित छ ।

२८ फागुन २०७९, आइतवार ०८:०९ बजे प्रकाशित

NTA long ad
stcnepal long ad