sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

इंग्ल्याण्डको प्रिमियर लिगका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार

काठमाडौं । विश्वभर बढेको कोरोनाको संक्रमणबाट खेल गतिविधिहरु पनि प्रभावित छन् । यसैगरी कोरोनाबाट खेलाडीहरु संक्रमित हुने क्रम पनि बढैको छ ।

यसक्रममा इंग्ल्याण्डको प्रिमियर लिगका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आउदो जुनमा लिग शुरु गर्ने गरी हिजोदेखि अभ्यास शुरु भएको छ ।

प्रिमियर लिग क्लबका ६ खेलाडीलाई पोजेटिभ संक्रमण देखिएको छ । ७ सय ४८ जना खेलाडी र खेल अधिकारी परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण गत १३ मार्चदेखि प्रिमियर लिग स्थगित छ । लिगमा यो सिजनको ९२ खेल बाँकी छ ।

स्थगित प्रिमियर लिग आउदो जुनको १२ तारिखदेखि फेरि शुरु गर्ने गरी तयारी भइरहेको छ । तर खेलाडीमै संक्रमण देखिएपछि सर्न सक्ने सम्भावना बढेको छ ।

gold
nawakantipur long