citizens life insurance long ad
stcnepal long ad

प्रिमियर लिगमा आर्सनलको पुनरागमन जित

Nimb long ad
Prabhu Insurance Long Ad

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित हाँसिल गरेको छ। गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हराउँदै जित फर्काएको हो।

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जितेको हो। जितसँगै आर्सनलको २६ खेलमा ६३ अङ्क भएको छ। आर्सनल शीर्ष स्थानमा कायमै छ।

खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता लिए। खेलको ५७औँ मिनेटमा मार्कोस सेनिसीले गोल गरी २–० को अग्रता बनाए।

तर खेलको ६२औँ मिनेटमा आर्सनलका थोमस पार्टी, ७०औँ मिनेटमा बेन ह्वाइट र खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गरेपछि आर्सनलले नतिजा उल्टाएको हो।

IME Life
kumari