adbl long ad
nabil bank
stcnepal long ad
national life

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ । गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो ।

त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान टोलीले अनुसन्धान सकेको र आज पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।

१० माघ २०७९, मंगलवार ०५:१७ बजे प्रकाशित

Election
stcnepal long ad