adbl long ad
nabil bank
stcnepal long ad
national life

सीटीईभीटीद्वारा चार नर्सिङ कलेजलाई सम्बन्धन

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आर्थिक प्रलोभनमा परी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको पाइएको छ ।

सीटीईभीटीको परिषद् बैठकले मिर्चैया नर्सिङ, ओम शाही नर्सिङ कलेज भैरहवा, सामुदायिक नर्सिङ कलेज चितवन र लाइफगार्ड नर्सिङ कलेज विराटनगरलाई प्रभावमा परी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।

स्रोतका अनुसार आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका ती कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्ले लगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो । यहाँसम्मकी नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका कलेजको आप्mनै सय बेडको अस्पताल छैन ।

सीटीईभीटी उच्च स्रोतका अनुसार स्तर महाशाखाका निर्देशक टैलेन्द्र आचार्यको निर्देशनमा उनकै बहिनी–ज्वाई पर्ने कर्मचारी खेम पोखरेल र विजेश बस्नेतले अनुगमन गरी प्रभावमा परेर नर्सिङ कलेजलाई स्वीकृत दिन सिफारिस गरेका थिए ।

सदस्य सचिवले चिकित्सा शिक्षा आयोगसँग सेटिङ गरेर चार नर्सिङ कलेजलाई स्वीकृत दिएको स्रोतको दाबी छ । चार कलेज स्वीकृत दिँदा करोड बढीको चलखेल भएको आरोप सदस्यसचिवमाथि लागेको छ ।

यस विषयमा सदस्य सचिवको कामको निगरानी गर्नुपर्ने र सम्बन्धन स्वीकृत दिने उपाध्यक्ष खगेन्द्र अधिकारी पनि मौन बसेका छन् ।

उपाध्यक्ष अधिकारीकै मिलोमेतोमा कलेजलाई सम्बन्धन दिएको दाबी स्रोतको छ । सदस्य सचिवको यो कामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइएको छ ।

यसअघि २०६९ सालदेखि रोकिएको करिब १ हजार ५० भन्दा बढी कलेजमध्ये केहीलाई प्रभावमा परी एलओआई पत्र थमाउन सफल सदस्य सचिव काफ्लेले ती कलेजले सम्बन्धन पत्र पाउन आग्रह गर्दा पर्खनुस् भन्दै रोक्ने काम गर्दै आइरहेको बताइन्छ ।

सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले समेत यसमा ध्यान पु¥याउन सकेका छैनन् । उल्टै सीटीईभीटी नेतृत्वले मन्त्री खनालको सचिवालयलाई समेत नजिक बनाउन थालेको पाइएको छ ।

सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोर्षलाई तीनवर्षे कायम गर्ने निर्णय गरेसँगै काफ्लेलगायतका पदाधिकारी अनियमितता गर्ने कार्यमा व्यस्त रहेको स्रोतको दाबी छ ।

चिकित्सा शिक्षासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अपग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १ सय २२ मध्ये ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गरेका थिए ।

कलेज अनुगमन र अपग्रेडिङ गर्दा आर्थिक चलखेल गर्न उपाध्यक्षसमेत लागि परेको बताइन्छ । उनले सीएमए सञ्चालन गरेका कलेजलाई अपग्रेडिङ गरी एचए, ल्याब असिस्टेन्टलाई ल्याब टेक्नोलोजी, स्टाफ नर्स बन्द भएकालाई आयुर्वेदिक र रेडियोलोजी विषय सञ्चालनको पत्र दिएका छन् ।

सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले भने पुरानो प्रक्रियामा रहेकालाई सबै विधि र मापदण्ड पु(याएर सम्बन्धन दिइएको बताए ।

उनले शिक्षा मन्त्रालयले समेत पटक पटक अनुगमन गरेर टुंग्याएको विषय भएकाले यो सम्बन्धनमा कुनै चलखेल नभएको दाबी गरे । आजको राजधानी दैनिकमा समाचार छ ।

१० माघ २०७९, मंगलवार ०५:०९ बजे प्रकाशित

Election
stcnepal long ad