stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दक्षिण कोरिया घानासँग ३–२ गोलले पराजित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई घानाले पराजित गरेको छ । सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको हो ।

घानाका तर्फबाट मोहम्मद कुडुसले दुई गोल गरे भने मोहम्मद सालिसुले एक गोल गरे । दक्षिण कोरियाका तर्फबाट चो गुइ सुङले दुई गोल फर्काए ।

खेलको दोस्रो हाफमा दक्षिण कोरियाले दुई गोल फर्काउन सफल भएको थियो भने घानाले खेलको पहिलो हाफमा दुई गोल गरेको थियो । खेलको दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेलको २४औँ मिनेटमा घानाका मोहम्मद सालिसुले गोल गर्दै अग्रता बनाउन सफल भएको थियो । फेरि खेलको ३४औँ मिनेटमा मोहम्मद कुडुसले पुनः एक गोल गरे ।

खेलको दोस्रो हाफमा ५८औँ र ६१औँ मिनेटमा सुङले गोल गर्दै कडा प्रदर्शन गर्यो । तर, खेलको ६८औँ मिनेटमा कुडुसले पुनः गोल गरेपछि कोरिया एक गोलले पछि पर्यो ।

त्यसपछि घानाविरुद्ध पटकपटक गोलको प्रयास गरे पनि असफल नै रह्यो ।

prabhu mahalaxmi
kumari