sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ ।

समूह ‘सी’ अन्तर्गत लुसेल रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २० गोलले हरायो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्नुभयो ।

पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको अर्जेन्टिना दोस्रो हाफमा खेलमा फर्किएको थियो । ६४औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । डिबक्सभित्रको मेस्सीको शसक्त प्रहार विपक्षी रक्षकलाई लाग्दै गोल भएको थियो ।

त्यसपछि ८७औं मिनेटमा इन्जो फर्नान्डेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई जिताउनुभयो । पहिलो हाफमा गोलको राम्रा अवसर गुमाएको मेक्सिकोले दोस्रो हाफमा खासै प्रभाव जमाउन सकेन । पहिलो जितसँगै तीन अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको पोल्यान्डको चार अंक छ ।

शनिबार नै भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २–० गोलले हराएको थियो । तीन अंक बनाएको साउदी अरब तेस्रो स्थानमा छ । अन्तिममा रहेको मेक्सिकोको एक अंक छ ।

prabhu bank
nawakantipur long